काठमाडौं, भदौ १२ । इंग्ल्यान्ड र पाकिस्तानबीचको पहिलो ट्वेन्टी-२० क्रिकेट खेल शुक्रबार हुँदैछ । तीन खेलको टेस्ट शृंखला १-० ले जितेपछि घरेलु टिम इंग्ल्यान्डले पाकिस्तानसित तीन खेलकै टी-२० शृंखला खेल्न लागेको हो । खेल नेपाली समयानुसार राति पौने ११ बजे ओल्ड ट्राफोर्डमा सुरु हुँदैछ । इयान मोर्गानको नेतृत्वमा उत्रने इंग्ल्यान्डको टोलीमा ओपनिङ ब्याट्सम्यान जासन रोय…