च्याम्पियन्स लिगमा बार्सिलोनाको शानदार सुरुवात • Image Khabar Image Khabar


च्याम्पियन्स लिगमा बार्सिलोनाको शानदार सुरुवात


Imagekhabar
५ कार्तिक २०७७, बुधबार १०:३५

च्याम्पियन्स लिगमा बार्सिलोनाको शानदार सुरुवात

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले शानदार सुरुवात गरेको छ ।

गए राति समूह चरणको पहिलो खेलमा हंगेरियन क्लब फेरेन्सभरोसमाथि ५–१ को जित निकाल्दै बार्सिलोनाले च्याम्पियन्स लिगमा शानदार सुरुवात गरेको हो ।

लियोनल मेस्सीले २७ औं मिनेटमा पेनाल्टीमार्फत बार्सिलोनालाई अग्रता दिलाए । अंशु फातीले ४२ औं मिनेटमा बार्सिलोनाको अग्रता दोब्बर बनाए ।

फिलिप कौटिन्होले ५३ औं मिनेटमा बार्सिलोनाका लागि तेस्रो गोल गरे । ६८ औं मिनेटमा जेरार्ड पीके रातो कार्ड खादै मैदान बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सिमित बनेको थियो ।

खरातिनले ७० औं मिनेटमा पेनाल्टीमा गोल गर्दै पाहुना टोलीका लागि एक गोल फर्काएका थिए । बार्सिलोनाका गोन्जालेजले ८२ औं मिनेटमा बार्सिलोनालाई ४–१ को अवस्थामा पुर्याए ।

खेल सकिन एक मिनेट बाँकी छदाँ उसमान डेम्बेलेले बार्सिलोनाका लागि पाँचौ गोल गरेका थिए । समूह जीको खेलमा बार्सिलोनाले ३ अंक बटुलेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्