नाडाल फ्रेन्च ओपन टेनिसको फाइनलमा, अब जोकोविचसँग प्रतिस्पर्धा गर्ने • Image Khabar Image Khabar


नाडाल फ्रेन्च ओपन टेनिसको फाइनलमा, अब जोकोविचसँग प्रतिस्पर्धा गर्ने


Imagekhabar
२४ आश्विन २०७७, शनिबार ११:१८

नाडाल फ्रेन्च ओपन टेनिसको फाइनलमा, अब जोकोविचसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं । रफायल नाडाल फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।

१९ पटक ग्राण्ड सलाम उपाधि जितेका नाडालले फ्रेन्च ओपनको उपाधि जितेमा २० ग्राण्ड स्लाम उपाधि जितेर स्वीस फेडेररले बनाएको कीर्तिमानसँग बराबरी गर्ने छन् ।

१२ पटक फ्रेन्च ओपन जितेका स्पेनिस नाडाल कीर्तिमान बिस्तार गर्ने १३ औँ फ्रेन्च ओपनको उपाधि होडमा छन् ।

३४ वर्षका नाडालले अर्जेन्टिनाका डिएगो श्वार्ट्जमनलाई ६–३, ६–३ र ७–६ (७–०) को सेटमा पराजित गरेका हुन् ।

नाडालले आफ्नो खेल जीवनमा फ्रेन्च ओपनमा मात्रै दुई खेल गुमाएका छन् । उनले उपाधिका लागि विश्व नम्बर १ नोभाक जोकोविचसँग प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्