Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


धनगढी प्रिमिएर लिग स्थागित


0
Shares

काठमाडौं, असोज १८ । चौंथो संकरणको धनगढी प्रिमियर लिग (डीपीएल) टी–ट्वान्टी क्रिकेट स्थगित भएको छ ।

आयोजक धनगढी क्रिकेट एकेडेमीले आइतबार प्रेस विज्ञप्ति निकाल्दै चौंथो संस्करणको डीपीएल स्थगित भएको जनाएको छ ।

चौंथो संस्करणको प्रतियोगिता कात्तिक ८ देखि २२ गतेसम्म हुने तालिका रहेको थियो ।

तर, कोरोना भाईरसको महामारीको कारण प्रतियोगिता तोकिएको समयमा आयोजना नहुने भएको छ ।

आयोजकले प्रतियोगिताको नयाँ मिति चाडै तोकिने समेत जनाएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको जोखिम तथा सरकारले पनि खेलकुदका गतिविधि तत्काल नखुलाउने निर्णय गरेका कारण निर्धारित मितिमा प्रतियोगिता आयोजना गर्न असम्भव भएको एकेडेमीका अध्यक्ष सुवास शाहीले जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।

यस अघि प्रतियोगिता करिब ८ महिना सरेको थियो । सुरुवातमा आयोजकले प्रतियोगिता गत वर्षको फागुन ३ गतेबाट आयोजना हुने जनाएको थियो ।

तर, त्यस समय नेपाली राष्ट्रिय क्रिकेट टिम व्यस्त रहने भएपछि प्रतियोगिताको सारिएको थियो ।

डीपीएलमा धनगढी, महेन्द्रनगर, अत्तरिया, रुपन्देही, विराटनगर र काठमाडौं गरी ६ टोलीले सहभागिता जनाउँदै आएका छन् ।