काठमाडौं, मंसिर २३ । नेपालकी १६ वर्षीया ‘जलपरी’ गौरिका सिंह ‘साग’को इतिहासमै सर्वाधिक सफल नेपाली खेलाडी बनेकी छन् । दक्षिण एसियाली खेलकुद (साग)को एकै संस्करणमा चारओटा स्वर्णपदक जित्दै उनी सर्वाधिक सफल खेलाडी बनेकी हुन् । गौरिकाले पौडीको अन्तिम दिन सोमबार १०० मिटर ‘फ्रिस्टाइल’मा राष्ट्रिय कीर्तिमानसहित स्वर्णपदक प्राप्त गरिन् । उनले निर्धारित् दूरी ५८.१३ सेकेन्डमा पूरा…