काठमाडौं, पुस ८ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा दर्शक बढाउन पुरस्कार योजना ल्याएको छ । दर्शकहरुका लागि ल्याइएको पुरस्कार योजनामा राष्ट्रिय टोलीको जर्सी प्राप्त गर्नेदेखि नेपाली खेलाडीहरुसित खेल हेर्न विदेश भ्रमणमा जानेसम्मको रहेको छ । एन्फाले मंगलबार पत्रकार सम्मेलन गरी हरेक चरणको खेलको समाप्तिपछि पुरस्कार बाँड्ने जनाएको छ…