काठमाडौं, पुस १७ । तेस्रो संस्करणको ‘वीर गणेशमान सिंह स्मृति खुला राष्ट्रिय किक बक्सिङ’ प्रतियोगिता आउँदो माघको पहिलो साता हुने भएको छ । बिहीबार आयोजक ललितपुर किक बक्सिङ संघले पत्रकार सम्मेलन गरी प्रतियोगिता माघ २ देखि ४ गतेसम्म चापागाउँको प्याङगाउँचौरमा हुने जनाएको हो । प्रतियोगितामा कराँते, उसु, बक्सिङ, तेक्वान्दो, आइटीएफ, फुल कन्ट्याक कराँते, मुवाथाई गरी…