काठमाडौं । गएराती अन्तिम चरणमा ५ वटा खेल भएसँगै यो सिजनको इटलियन सिरी ए फुटबलका खेलहरु सम्पन्न भएका छन् । युभेन्टसले यसअघि नै उपाधि हात पारिसकेको छ । पहिलो खेलमा रेलिगेसनमा रहेको स्पल फायोरेन्टिनासँग ३–१ गोलले पराजित भयो । अर्को खेलमा पर्माले लेसेलाई ४–३ गोलले पराजित गरेको छ । योसँगै लेसे पनि रेलिगेसनमा परेको छ…