काठमाडों । इंग्लीश फुटबल क्लब वुल्भरह्याम्पटन वान्डरर्स ४८ वर्षपछि युरोपा लिगको क्वाटरफाईनलमा प्रवेश गरेको छ । गएराती भएको दोस्रो लिगको खेलमा ग्रिसको ओलम्पियाकोसलाई १–० ले हराउँदै वुल्भरह्याम्पट क्वाटरफाईनलमा पुगेको हो । पहिलो लेगमा १–१ गोलको बराबरीमा समेटिएको वुल्भरह्याम्पटनले समग्रमा ग्रिक टोलीमाथि २–१ को जित निकाल्न सफल भयो । युरोपा लिगकै अन्य खेलहरुमा स्कटल्याण्डको रेन्जर्सलाई हराउँदै…