एजेन्सी । रुसी टेनिस खेलाडी मारिया सारापोभाले सक्रिय खेल जीवनबाट सन्यास लिएकी छिन् । पाँच पटककी ग्राण्डस्लाम विजेता सारापोभाले हिजोबाट खेलाडी जिवन त्यागेकी हुन् । ३२ वर्षिया सारापोभा पछिल्लो समय कुमको चोटबाट पिडित थिइन् । पूर्व विश्व नम्बर एक सारापोभाले सन् २००४ मा १७ वर्षको उमेरमा विम्बल्डन टेनिस जितेकी थिइन् । उनको नाममा सन् २००६…