काठमाडौं, भदौ १ । 'लकडाउन' खुकुलो भएपछि खुसी भएका खेलाडीलाई फेरि चिन्ता परेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अनिश्चितकालका लागि पुनः खेलकुद गतिविधि बन्द गर्दा अभ्यासमा फर्किएका खेलाडीलाई फिटनेसले पिरोलेको हो । घरेलु अभ्यासमा सीमित भएका खेलाडी बीचको समयमा अभ्यासमा फर्किंदा पुरानो लय गुमेको थियो । नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले…