आईपीएलः कोलकाताले चेन्नाईलाई १० रनले हरायो • Image Khabar Image Khabar


आईपीएलः कोलकाताले चेन्नाईलाई १० रनले हरायो


Imagekhabar
२२ आश्विन २०७७, बिहीबार ०६:५७

आईपीएलः कोलकाताले चेन्नाईलाई १० रनले हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिगमा आईपिएल ट्वेन्टी ट्वेन्टी क्रिकेटमा गएराति कोलकाता नाईट राईडर्सले चेन्नेई सुपर किंग्सलाई १० रनले हराएको छ ।

आईपिएलको जारी सिजनमा चेन्नाईको यो ६ खेलमा चौथो हार हो भने कोलकाताको ५ खेलमा तेस्रो जित हो ।

आबुधावीमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ६७ रन बनायो ।

उसका लागि सुरुवाती व्याट्सम्यान राहुल त्रिपाठीले ८१ रन बनाए । बलिङतर्फ चेन्नाईका ड्वेन ब्राभोले ३ विकेट लिए ।

जवाफमा १ सय ६८ रनको लक्ष्य पछ्याएको चेन्नेईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रन मात्रै जोड्न सक्यो ।

उसका लागि सेन वाट्सनले सर्वाधिक ५० रन जोडे । यो जितसँगै कोलकाता पाँच खेलबाट ६ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

एक खेल बढी खेलेको चेन्नाईको भने ४ अंक मात्रै छ । आईपिएल क्रिकेटमा आज राती सनराईजर्स हैदरावाद र किङ्स इलेभेन पन्जाव भिड्नेछन् ।

४ अंकसहित हैदरावाद तालिकाको छैटौं स्थानमा छ भने २ अंक मात्रै जोडेको पन्जाव पुछारमा रहेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्