काठमाडौं । स्पेनिस फुटबल क्लब बार्सिलोनाले नेदरल्याण्ड्सका रोनाल्ड कोम्यानलाई प्रशिक्षक बनाउने भएको छ । बार्सिलोना फुटबल क्लबका अध्यक्ष जोसेप मारिया बार्तोमेउले कोम्यानालाई प्रशिक्षक नियुक्त गर्ने विषयमा क्लबमा सहमति जुटिसकेको बताए । यही हप्ता कोम्यानसँग सम्झौता गरेर जिम्मेवारी सुम्पिने क्लबको तयारी छ । ५७ वर्षीय कोम्यान हाल नेदरल्याण्ड्सको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक छन् । नेदरल्याण्ड्ससँगको सम्झौता…