काठमाडौं, पुस १५ । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराती म्यान्चेस्टर युनाईटेड, आर्सनल र लिड्स युनाईटेड विजयी भएका छन् । तालिकाको दोस्रो स्थानमा उक्लिनेक्रममा म्यान्चेस्टर युनाईटेडले वुल्भरह्याम्पटन वान्डरर्सलाई १–० ले हरायो । कठिन खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन मार्कस रास्फोर्डले इन्जुरी समयमा निर्णायक गोल गरे । जितसँगै म्यान्यूले अंक तालिकामा शीर्ष स्थानको लिभरपुलसँग दुरी छोट्याएको छ…