काठमाडौं । विश्व ब्याडमिन्टनको जुनियरतर्फको वरियतामा नेपालका खेलाडी प्रिन्स दाहालले छलाङ मारेका छन् । विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको जुनियरतर्फको वरियताअनुसार दाहाल तेस्रो स्थानमा उक्लिन सफल भए । यसअघिको वरियतामा दाहाल सातौँ स्थानमा रहेका थिए । दाहालभन्दा माथि डेनमार्कका म्याड्स जोएल मुलर तथा भारतका वरुण कपुर रहेका छन । विश्व वरियतामा डेनमार्कका मुलर शीर्षस्थानमा तथा…