काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ । नेपाल क्रिकेट संघले शुक्रबार ओमानमा हुने सिरिज स्थगित भएको जानकारी दिएको हो । कोरोनाको बढ्दो प्रभावका कारण क्वारेन्टिनको प्रावधान र भ्रमण कडाइको कारण अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले अर्को सूचना नआएसम्मको लागि सिरिज स्थगित गरेको क्यानले जनाएको छ…