एफए कपमा एभर्टनले टोटनह्यामलाई हरायो • Image Khabar Image Khabar


एफए कपमा एभर्टनले टोटनह्यामलाई हरायो


Imagekhabar
२९ माघ २०७७, बिहीबार ०६:५५

एफए कपमा एभर्टनले टोटनह्यामलाई हरायो

काठमाडौं । टोटनह्याम हट्सपरलाई ५–४ ले पराजित गर्दै एभर्टन एफ.ए कप फुटबल प्रतियोगिताको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।

गएराति आफ्नै मैदानमा भएको खेलमा एभर्टनका लागि बर्नार्डले अतिरिक्त समयमा निर्णयक गोल गरे ।

यसअघि निर्धारित ९० मिनेटमा दुबै तर्फबाट ४–४ गोल भएको थियो । एभर्टनका रिचार्लीसनले २ गोल गर्दा डोमिनिक काल्भर्ट लेविन र जिल्फी सिगुर्डसनले एक एक गोल गरेका थिए ।

यसैगरी टोटनह्यामका लागि डेभिन्सन सान्चेजले दुई गोल गर्दा ह्यारी केन र एरिक लामेलाले एक एक गोल थपे ।

एफ.ए कपकै अर्को खेलमा स्वान्सी सिटीलाई ३–१ ले हराउँदै म्यान्चेस्टर सिटी पनि क्वाटरफाईनलमा पुगेको छ ।

खेलमा म्यान सिटीलाई विजयी गराउन कायल वाल्कर, राहिम स्टर्लीङ र ग्याब्रियल जिससले एक एक गोल गरे ।

स्वान्सी सिटीका ह्वीटेकरले एक गोल फर्काए । गएरातिका खेलहरुमा ब्राइटनलाई १–० ले हराउँदै लेष्टर सिटी तथा ब्रिस्टोल सिटीलाई १–० ले हराउँदै शेफिल्ड युनाईटेड पनि क्वाटरफाईनलमा पुगेका छन् ।

एफ.ए कप फुटबलमा आज राती चेल्सी र बार्न्स्ले तथा वुल्भरह्याम्पटन वान्डरर्स र साउथह्याम्पटन भिड्नेछन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्