काठमाडौं । उज्वेकिस्तानमा सन् २०२२ मा आयोजना हुने एएफसी यू–२३ एसियन कप फुटबल छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । एसियन फुटबल फेडेरेसन (एएफसी)ले शुक्रबार सार्वजनिक गरेको छनोटको समूह विभाजनमा नेपाल समूह ‘बी’ मा परेको हो । एएफसीले वेस्ट जोनको छनोटमा सहभागी ४२ टोलीलाई ११ समूहमा विभाजन गरेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान…