Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


अफगानिस्तानमा सैनिक विमानबाट खसेर मृत्यु हुनेमा राष्ट्रिय फुटबल टिमका खेलाडी जाकी अन्वारी


0
Shares

एजेन्सी । केही दिन अघि अमेरिकी सैनिक विमानबाट खसेका मध्ये एक जना अफगानिस्तानको राष्ट्रिय फुटबल टीमका खेलाडी रहेको खुलासा भएको छ ।

अफगानिस्तानको काबुलमा तालिवानले आक्रमण गरेपछि आतिएर हवाइजहाजमा चढेर भाग्न खोजेका १९ वर्षीय जाकी अन्वारीको सैनिक विमानबाट खसेर मृत्यु भएको हो ।

अफगानिस्तानमा तालिबानको आतंक जनतामा यति धेरै हावी छ कि मानिसहरु कुनै न कुनै रुपमा देश छोड्न हतारमा छन्।

जब एक विमान अगस्त १६ मा काबुल एयरपोर्टबाट उडेको थियो, उनीहरु ठाउँ पाउन सकेनन्, तीन जना मानिसहरु टायर क्लच गरेर झुण्डिए, तर उनीहरु उडान बाट खसे र मरे।

अफगानिस्तानको राष्ट्रिय टिमका फुटबलर जाकी अन्वारीको नाम विमानबाट खसेर मृत्यु हुनेहरुमा परेको छ।