एजेन्सी । टोकियो ओलम्पिकमा पदक विजेता खेलाडीले आफैँले पदक लगाउनुपर्ने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाकले यसको पुष्टि गर्दै पदक विजेता खेलाडी स्वयम्ले पदक लगाउनुपर्ने बताएका हुन् । यसअघि हरेक प्रतियाेगितामा कुनै सम्मानित व्यक्तिले पदक लगाइदिने चलक भए पनि कोरोना भाइरसको संक्रमणलाई फैलनबाट रोक्न खेलाडी आफैँले पदक लगाउनुपर्ने व्यवस्था गरिएकाे हाे ।…