काठमाडौं, साउन १९ । नेपाली क्रिकेटका सर्वाधिक सफल खेलाडी पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारसले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् । आधुनिक नेपाली क्रिकेटको सबैभन्दा सफल खेलाडी पारसले सन्यास लिएसँगै नेपाली क्रिकेटको एउटा स्वर्ण युगको अन्त्य भएको छ । नेपाली…