काठमाडौं, भदौ २७ । नेपाली क्रिकेट टिमका उपकप्तान दिपेन्द्र सिंह ऐरीले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकाविरुद्धको त्रिकोणात्मक एकदिवसीय सिरिज गुमाउने भएका छन् ।
दाहिने खुट्टामा लागेको चोटको कारण दिपेन्द्रले सिरिज गुमाउने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । लिग–२ को अभ्यासका दौरान दिपेन्द्रले चोट बोकेका थिए । क्यानका अनुसार दिपेन्द्र दुई साता मैदान बाहिर रहने छन् ।
चोटको कारण दिपेन्द्रले पपुवा न्युगिनी (पीएनजी) सँगको दुई एकदिवसीय अन्तराष्ट्रिय सिरिज पनि गुमाएका थिए । सिरिज सोमबारबाट सुरु हुँदैछ ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले सोमबार अमेरिकासँग खेल्दै सिरिजको सुरुवात गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्