काठमाडौं । इंग्ल्याण्ड नेसन्स लिगको फाइनल चरणका लागि छनौट खेलबाटै बाहिरिएको छ । समूह ए टू अन्तर्गत गएराति भएको खेलमा बेल्जियमसँग २–० ले पराजित भएसँगै इंग्ल्याण्डको फाइनल चरण पुग्ने सम्भावना सकिएको हो । घरेलु मैदानमा भएको खेलमा बेल्जियमका लागि १० औँ मिनेटमा रामेलु लुकाकुको सहयोगमा युरी टिएल्मन्सले गोल गरे । यस्तै २३ औँ मिनेटमा ड्राइज…