५ श्रावण २०८२, सोमबार | Mon Jul 21 2025


नदाल ‘एटिपी फाइनल्स’को सेमिफाइनलमा प्रवेश

काठमाडौं । स्पेनिस टेनिस खेलाडी रफाइनल नदाल वर्षको अन्तिम प्रतियोगिता एटिपी फाइनल्सको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको खेलमा ग्रिसका स्टेफानोस सित्सिपासलाई २–१ को सेटमा हराउँदै नदाल सेमिफाइनलमा पुगेका हुन् । सित्सीपास विरुद्धको खेल विश्व नम्बर एक नदालले ६–४, ४–६ र ६–२ को सेटमा जिते । नदालले अब सेमिफाइनलमा रुसका डानिल मेदभेदेवको सामना गर्नेछन्…