एजेन्सी । पोर्चुगलका फुटबल खेलाडी क्रिश्चियानो रोनाल्डोले अन्तराष्ट्रिय फुटबलमा कुनैपनि देशको लागि सर्वाधिक गोल गर्ने किर्तीमान बनाएका छन् । विश्वकप छनौटअन्तर्गत युरोपेली महादेशको छनौट खेलमा पोर्चुगलले गएराति रिपब्लीक अफ आयरल्याण्डलाई २–१ ले हरायो । उक्त खेलमा पोर्चुगलक लागि दुबै गोल रोनाल्डोले गरे । यो सँगै रोनाल्डोले आफ्नो देश पोर्चुगलका लागि १ सय ११ गोल गरेका…