१० जेष्ठ २०८१, बिहिबार | Fri May 24 2024


विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै


0
Shares

एजेन्सी । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै छ ।सुपर १२ अन्तर्गत समूह एक मा पहिलो खेलमा दिउँसो पौने ४ बजे अस्ट्रेलिया र वेस्ट इन्डिज तथा बेलुका पौने आठ बजे इंग्ल्याण्ड र दक्षिण अफ्रिका खेल्दै छन् ।

अस्ट्रेलिया र वेस्ट इन्डिजबिचको खेल आबुधाबीमा हुनेछ । सेमिफाइनल पुग्नका लागि अस्ट्रेलियाका लागि आजको खेल जित्नै पर्नेछ ।साथै बेलुका सारजाहमा हुने इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबिचको खेलमा भर पर्नुपर्नेछ । अस्ट्रेलिया चार खेलमा ६ अंकका साथ समूहको दोस्रो स्थानमा छ । समान ६ अंक रहेको दक्षिण अफ्रिका तेस्रो स्थानमा छ ।