एजेन्सी । रुसी टेनिस खेलाडी डानियल मेदभेदेब युएस ओपनको सेमिफाइनल प्रवेश गरेका छन् । क्वाटरफाइनलमा नेदरल्याण्ड्सका खेलाडी बोटिक भान डे ज्याण्डस्लपलाई हराँउदै दोस्रो वरियताका मेद्बेदेभ सेमिफाईनलमा पुगेका हुन् । डच खेलाडी विरुद्धको खेल मेद्बेदेभले ६–३, ६–०, ४–६ र ७–५ को सेटमा जिते । मेद्बेदेभले अब फाइनल प्रवेशका लागि क्यानाडाका खेलाडी फेलिक्स औगरको सामना गर्नेछन् ।…