काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी छनोटका लागि ४ सदस्यीय समिति गठन गरेको छ । क्यानका तीन सदस्य र प्रायोजकका एक सदस्य रहेको जर्सी छनोट समिति गठन गरिएको क्यानले जनाएको छ । समितिमा क्यानका केन्द्रीय सदस्य छुम्बी लामा, जेनेरल म्यानेजर रौनक मल्ल र क्रिकेट म्यानेजर विनोद दास रहेका छन् ।…