एजेन्सी । युरोकप फुटबलमा आज तीन खेल हुँदैछन् । आजको खेलमा स्पेन र पोल्याण्ड, हंगेरी र फ्रान्स तथा पोर्चुगल र जर्मनीबीच खेल हुनेछन् ।
समूह ‘एफ’ मा रहेको फ्रान्स र हंगेरीबीचको खेल हंगेरीको बुढापेस्टमा नेपाली समयअनुसार साँझ पौने ७ बजे हुँदा राति पौने १० बजे साविक विजेता पोर्चुगल र जर्मनी भिड्दैछन् । यो खेल जर्मनीको म्युनिखमा हुनेछ । यस्तै तेस्रो खेलमा स्पेन र पोल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।
युरोकप अन्तर्गत हिजो भएको खेलमा इंग्ल्याण्ड र स्कटल्यान्डले गोलरसहित बराबरी खेल्दै अंक बाँडेका थिए । समूह ‘डी’ मा रहेको इंग्ल्याण्डको दुई खेलमा चार अंक छ । स्कटल्यान्डले भने दुई खेलमा एक अंक जोडेको छ ।
यस्तै गएराति नै भएको दोस्रो खेलमा क्रोएसियाले चेक रिपब्लिकसँग बराबरी खेल्दै अंक बाँडेको छ । दुवैले एक/एक गोल गरेर बराबरी खेलेका हुन् । बराबरीसँगै समूह ‘डी’ मा रहेको क्रोएसियाले दुई खेलमा एक अंक जोड्दै तेस्रो स्थानमा रहेको छ ।
दुई खेलमा चार अंक जोडेको चेक रिपब्लिक समूहको शीर्ष स्थानमा रहेको छ । हिजो नै भएको तेश्रो खेलमा स्वीडेनले स्लोभाकियालाई भने १–० ले हराएको छ । जितसँगै स्वीडेनले ४ अंक जोडेको छ ।
प्रतिक्रिया दिनुहोस्