काठमाडौं । विभागीय टिम एपीएफ क्लब र न्यू डायमन्ड स्पोर्ट्स क्लब छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थि राखेपको कभर्डहलमा बिहीबार भएको खेलमा विभागीय टिम नेपाल पुलिस क्लब लाई ३–१ को सेटमा पराजित गर्दै एपीएफ समूह विजेता बनेको हो । प्रतिस्पर्धात्मक खेलमा एपीएफले पुलिसमाथि २५–१४, २१–२५, २५–१८…