काठमाडाैं । राष्ट्रिय लिग फुटबलमा साेमबार भएका खेलमा जावलाखेल युथ क्लब र प्लानिङ ब्वाइज युनाइटेड विजयी भएका छन् । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा साेमबार भएको पहिलो खेलमा जावलाखेलले नेपाल पुलिस क्लबलाई ३–० गोलले पराजित गरेकाे हाे। जावलाखेलका निकालेस ह्यामिल्टन, युवराज ढकाल र विकास दर्लामी मगरले गोल गरेका थिए। यो जितसँगै जावलाखेल ६ खेलमा…