काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्सले लखनउ सुपर जायन्ट्सलाई पराजित गरेकाे छ ।
भारतकाे लखनउमा शनिबार राति भएको खेलमा पञ्जाबले लखनउलाई ७ विकेटले पराजित गरेको हो । टस हारेर पहिला ब्याटिङ गरेको लखनउले ६ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो । लखनउका लागि जोस इङ्लिस ले ४४ बलमा ७२ रन बनाए पनि जितका लागि पर्याप्त भएन ।
१ सय ९७ रनको लक्ष्य पञ्जाबले १८ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जीतमा कप्तान श्रेयस अय्यरले ५१ बलमा अविजित सय रन बनाएका थिए । अङ्क तालिकामा पञ्जाब १४ खेलमा १५ अङ्कका साथ चौथो स्थानमा छ भने लखनउ समान खेलमा ८ अङ्कका साथ तालिकाको पुछारमा रहेकाे हाे।
साथै आईपीएल क्रिकेटमा आइतबार २ वटा खेल हुने भएका छन् । पहिलो चरणकाे खेल मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच मुम्बईमा आइतबार अपराह्रन पौने ४ बजेदेखि हुने भएकाे हाे ।
त्यस्तै, दाेस्राे चरणकाे खेलमा आइतबार राति पौने ८ बजेदेखि कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्सबीच इडेन गार्डेन्समा हुने भएकाे छ ।










प्रतिक्रिया दिनुहोस्