काठमाडौं । विशेष अदालतले नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्कालाई दोषी ठहर गरेको छ । नक्कली प्रमाणपत्र देखाएर जागिर खाएको आरोपमा दायर मुद्दामा उनी दोषी ठहर भएका हुन् । खड्काले प्रहरी सेवामा हुँदा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गएको माघ १२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो…