बिर्तामोड । काठमाडौंको संकटा क्लब पाँचौं झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा मंगलबार भएको खेलमा थ्री स्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै संकटाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । संकटाको जितका लागि विदेशी खेलाडी यानिक र फोडे फोफोनाले गोल गरे । खेलको २५औं मिनेटमा डिबक्सभित्रबाट यानिकले प्रहार गरेको गोलले…