काठमाडौं । स्पेनिस लिग फुटबल ला–लिगामा गएराति बार्सिलोनाले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले एट्लेटिकोलाई ४–० ले हराएको हो । आफ्नै मैदानमा भएको खेलमा बार्सिलोनालाई विजयी गराउन ओस्मान डेम्बेले, सर्जि रोबर्टो, रोबर्ट लेवान्डोस्की र फेरान टोरेसले एक एक गोल गरे । खेलको १२ औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका…