फिफा विश्वकपमा आज ४ खेलहरू हुँदै « Imagekhabar – Online News Portal of Nepal
२५ माघ २०७९, बुधबार | Thu Feb 9 2023


फिफा विश्वकपमा आज ४ खेलहरू हुँदै


377
Shares

काठमाडौं । फिफा विश्वकपमा आज आइतबार समूह ‘इ’ र ‘एफ’ का समान दुई खेल गरी ४ वटा खेलहरू हुने भएका छन् ।

कतारको अहमेद बिन अली रंगशालामा हुने आइतबारको पहिलो खेलमा समूह ‘इ’मा रहेको कोस्टा रिकाले जापानको सामना गर्ने भएकाे हाे । यो खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेदेखि सुरु हुने भएकाे छ । अल थुमामा रंगशालामा हुने दिनको दोस्रो खेलमा समूह ‘एफ’ को बेल्जियमले मोरोक्कोविरुद्ध खेल्ने भएकाे छ ।

याे खेल साँझ ६ः४५ बजेदेखि सुरु हुने भएकाे छ । यसैगरी राति ९ः४५ बजेदेखि खलिफा रंगशालामा सुरु हुने आइतबारको तेस्रो खेलमा समूह ’एफ’ मा रहेको साबिक उपविजेता क्रोएसियाले क्यानडाविरूद्ध खेल्ने भएकाे छ ।

त्यस्तै, दिनको अन्तिम खेलमा राति १२ः४५ बजे समूह ’इ’को स्पेनले जर्मनीसँग खेल्ने भएकाे छ । यो खेल कतारको अल बायत रंगशालामा हुने भएकाे छ ।