Logo २० कार्तिक २०८३, शुक्रबार | Fri, Nov 6, 2026


सुदूरपश्चिमले कर्णालीलाई दियो १७७ रनको लक्ष्य


0
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत शुक्रबारको खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्ससामु १७७ रनको लक्ष्य राखेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७६ रन बनाएको हो ।

सुदूरपश्चिमका लागि सैफ जैबले सर्वाधिक ३५ रन जोडे । उनले २४ बलको सामना गर्दै चार चौका र एक छक्का प्रहार गरे । विनोद भण्डारीले २७ रन बनाए । जैब र भण्डारीले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गर्दै टोलीलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । उनीहरूको आक्रामक ब्याटिङका कारण सुदूरपश्चिमले पावरप्लेमा मात्रै ६३ रन जोडेको थियो ।

त्यस्तै, ब्रान्डन म्याकमुलेनले २४, इशान पाण्डेले २३ र थरिन्दु रथनायकेले २२ रनको योगदान दिए । स्कट कुगेलेइन १३ रनमा अविजित रहे भने आरिफ शेखले ११ र कप्तान दीपेन्द्रसिंह ऐरीले १० रन बनाए ।

कर्णाली याक्सका मार्क वाटले सर्वाधिक दुई विकेट लिए । नन्दन यादव, हुसेन तलत र सूर्य तामाङले एक–एक विकेट हात पारे ।

Skip This