Logo २० कार्तिक २०८३, शुक्रबार | Fri, Nov 6, 2026


दानबहादुर कार्कीको रिट सर्वोच्च अदालतमा दर्ता


0
Shares

काठमाडौं । आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएको भन्दै दानबहादुर कार्कीले दिएको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ ।

कार्कीले बिहीबार कानुन व्यवसायीमार्फत सर्वोच्चमा निवेदन पेस गरेका थिए । अध्ययनको क्रममा रहेको भन्दै बिहीबार दर्ता हुन नसकेको उक्त निवेदन शुक्रबार दर्ता गरिएको हो ।

सर्वोच्च अदालतमा निवेदन दर्ता भएपछि सामान्यतया त्यसको भोलिपल्ट सुनुवाइका लागि पेसी तोक्ने प्रचलन छ ।

सरकारले कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको छ । तर, उनले मन्त्रिपरिषद्को निर्णयअनुसार जारी गरिएको पत्र भने बुझेका छैनन् ।

Skip This