विश्वकप फुटबलमा बेल्जियम पराजित भएपछि ब्रसेल्समा प्रदर्शन « Imagekhabar – Online News Portal of Nepal
२० माघ २०७९, शुक्रबार | Sat Feb 4 2023


विश्वकप फुटबलमा बेल्जियम पराजित भएपछि ब्रसेल्समा प्रदर्शन


286
Shares

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा बेल्जियमले हार ब्यहोरेपछि समर्थकहरूले बेल्जियमकाे राजधानी ब्रसेल्समा ब्यापक प्रदर्शन गरेका छन् ।

बेल्जियममा रहेका मोरोक्कोका समर्थकहरुले मोरोक्कोको झण्डासहित खुशियाली मनाएपछि आक्रोशित बेल्जियमका समर्थकहरुले राजधानी ब्रसेल्समा प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको छ ।

प्रर्दशनकारीहरूले पार्किङमा राखिएका कारहरूमा आगजनी गर्नुका साथै प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन कयौं सेल अश्रुग्याँस समेत प्रहार गर्नुका साथै लाठीचार्ज समेत गरेको छ । सोही क्रममा केही प्रर्दशनकारी घाइते भएका छन् भने केहीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

विश्वकप फुटबल अन्तर्गत आइतबार बेल्जियम र मोरोक्कोबीचको खेलमा बेल्जियम २–० गोलले पराजित भएको थियो ।