एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलमा समूह ’डी’ मा रहेको अष्ट्रेलियाले पहिलो जित निकालेको छ ।
अल जानुब स्टेडियममा भएको खेलमा ट्युनिसियालाई पराजित गर्दै अष्ट्रेलियाले पहिलो जित निकालेको हो ।
खेलको २३औँ मिनेटमा मिचेल डुकले गोल गर्दै अस्ट्रेलियालाई १–० गोलको अग्रता दिलाए । उक्त गोल नै अस्टे्रलियाको जितमा प्रयाप्त बन्यो । जितसंगै ३ अंक जोडेको अस्ट्रेलियाले नकआउट चरणमा पुग्ने सम्भावना जिवित बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्