काठमाडौं । 'प्लस टू फाइभ के' रनको उपाधि नेपाल पुलिस क्लवका नागेश्वर अहिर र श्री गंगा मावि जुम्लाकी राममाया बुढाले हात पारेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिवार आयोजित प्रतियोगितामा नागेश्वरले पुरुष र राममायाले महिलातर्फको उपाधि हात पारेका हुन् । पुरुषतर्फको उपाधि जित्ने क्रममा नागेश्वरले ५ किमिको दूरी १५ मिनेट १५.१ सकेण्डमा पूरा गरे ।…