
web pic
काठमाडाैं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज तीन खेल हुँदैछन् । आज समूह ‘ए’ को एक खेल र समूह ‘बी’ को दुई खेल हुने तालिका रहेको छ ।
आजको पहिलो खेलमा इंग्ल्यान्ड र इरानबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार साँझ पौने ७ बजे सुरु हुँदैछ ।
समूह ‘बी’ मा रहेको इंग्ल्यान्ड र इरान जित निकाल्दै सुखद सुरुआत गर्न चाहन्छन् । यस्तै, समूह ‘ए’ अन्तर्गत सेनेगल र नेदरल्यान्ड्सबीच खेल हुनेछ ।
सेनेगल र नेदरल्यान्ड्सबीचको खेल राति पौने १० बजे हुँदैछ । यस्तै, समूह ’बी’ अन्तर्गतको अर्को खेलमा अमेरिका र वेल्सबीच प्रतिस्पर्धा हुनेछ ।
अमेरिका र वेल्सबीचको खेल राति पौने १ बजे हुँदैछ । हिजो भएको उद्घाटन खेलमा आयोजक कतारलाई २–० ले हराएर इक्वेडरले विजय सुरुआत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्