काठमाडौं । फ्रान्स र इंग्ल्याण्ड कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । साविक विजेता फ्रान्सले पोल्याण्डलाई तथा इंग्ल्याण्डले सेनेगललाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेका हुन् । फ्रान्सले प्रि–क्वाटरफाइलन अन्तर्गत आइतबार राति भएको खेलमा पोल्याण्डलाई ३–१ ले हराएको हो । फ्रान्सलाई जित दिलाउन केलियन एमबाप्पेले दुई गोल गर्दा ओलिभर जेरुडले एक गोल गरे ।…