काठमाडौं । बार्सिलोना र रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बिहीबार राति भएका खेलहरूमा उपाधि दाबेदार क्लबहरु बार्सिलोना र रियलले आफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेका हुन् । तेस्रो श्रेणीको क्लब किउटालाई ५–० ले हराउँदै बार्सिलोना क्वार्टरफाइनलमा पुगेको हो । किउटाको मैदानमा भएको खेलमा बार्सिलोनालाई विजयी गराउन रोबर्ट लेवान्डोस्कीले…