जोकोभिच अष्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा « Imagekhabar – Online News Portal of Nepal
१५ माघ २०७९, आईतवार | Sun Jan 29 2023


जोकोभिच अष्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा


65
Shares

काठमाडौं । सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिच अष्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् ।

मेलबर्नमा जारी वर्षको पहिलो ग्रान्डस्लाम टेनिसको पहिलो चरणको खेलमा स्पेनका रोबर्टो कार्बालेस बेनालाई हराउँदै जोकोभिच दोस्रो चरणमा पुगेका हुन् ।

रोबर्टो विरुद्धको खेल ९ पटकका अष्ट्रेलियन ओपन च्याम्पियन जोकोभिचले ६–३, ६–४ र ६–० ले जिते ।

३५ वर्षीय जोकोभिचले गत वर्ष कोभिडको खोप नलगाएको कारण अष्ट्रेलियन ओपन खेल्न पाएका थिएनन् । करियरमा २१ वटा ग्रान्डस्लाम उपाधि जितेका जोकोभिच यसपटक राफयल नादालको किर्तीमान बराबरी गर्न २२ औं उपाधिको खोजीमा छन् ।

अष्ट्रेलियन ओपन टेनिसकै अर्को खेलमा पेरुका हुँवा कार्लोसा भारेलासलाई ३–२ को सेटमा हराउँदै जर्मनीका अलेक्जेण्डर भेरेभ पनि दोस्रो चरणमा उक्लेका छन् ।

यस्तै, महिलातर्फ स्विट्जरल्याण्डकी बेलीन्दा बेन्सीक, ट्युनिसियाकी ओन्स जाबर, चेक गणतन्त्रकी क्यारोलिन प्लीस्कोभा र बेलारुसकी अरिना साबालेंका पनि दोस्रो चरणमा उक्लिएका छन् ।