काठमाडौं । छैटौं संस्करणको शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता शनिबारबाट हुने भएको छ । आयोजकले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ २१ देखि २४ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भड हलमा आयोजना हुने जनाकारी दिएको हो । प्रतियोगितामा साविकको विजेता नेपाल एपिएफ क्लवसँगै, न्यू डायमण्ड युथ स्पोर्टस क्लव, नेपाल पुलिस क्लव, त्रिभुवन आर्र्मी…