१६ चैत्र २०७९, बिहिबार | Thu Mar 30 2023


एट्लान्टालाई हराउँदै इन्टर मिलान सेमिफाइनलमा


91
Shares

एजेन्सी । एट्लान्टालाई हराउँदै इन्टर मिलान कोपा इटालिया फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको खेलमा एट्लान्टालाई १–० ले हराउँदै इन्टर सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको ५७ औं मिनेटमा नै माटियो डार्मेनले इन्टरका लागि गोल गरेका थिए । अन्तत: सोही गोल नै निर्णायक बन्न पुग्यो ।