काठमाडौं । साफ यू-१७ महिला च्याम्पियनसिप फुटबलमा नेपाललाई रुसले पराजित गरेको छ । बंगलादेशमा भइरहेको प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा नेपाललाई रुसले ३–० ले पराजित गरेकाे हाे । जारी प्रतियोगितामा नेपालको यो दोस्रो हार हो । यसअघि पहिलो खेलमा भारतसँग ४–१ ले पराजित भएको नेपालले दोस्रो खेलमा भने भुटानलाई ५–० ले पराजित गरेको थियो ।…