१६ चैत्र २०७९, बिहिबार | Thu Mar 30 2023


यू-२० महिला टिमको बिदाई


65
Shares

काठमाडौं । बंगलादेशमा हुने साफ यू–२० महिला च्याम्पियनसिपका लागि नेपाली यू–२० राष्ट्रिय महिला टिमको बिदाई गरिएको छ ।

मंगलबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा एक कार्यक्रमकाबीच नेपाली टिमको बिदाई गरिएको हो ।

बिदाई कार्यक्रममा एन्फाका कार्यबाहक अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष विरबहादुर खड्कासहित पदाधिकारीको उपस्थिती रहेको थियो । फेबु्रअरी ३ देखि ९ सम्म हुने प्रतियोगितामा आयोजक बंगलादेशसँगै नेपाल, भारत र भुटानले प्रतिस्पर्धा गर्ने छन् । नेपाली टिम यमप्रसाद गुरुङको प्रशिक्षणमा छ । बिदाई कार्यक्रममा प्रशिक्षक गुरुङले छोटो समय भए पनि टिमले राम्रो तयारी गरेको जानकारी दिए ।

नेपाली टिमको कप्तानी जिम्मेवारी सिनियर राष्ट्रिय टिमकी सदस्यसमेत रहेकी प्रीति राईले सम्हाल्नेछिन् । सो अवसरमा बोल्दै राईले पनि छोटो समयको तयारी राम्रो भएको र अभ्यास अनुसार खेल्न सके नेपाली टोलीले अपेक्षा अनुसारको नतिजा निकाल्ने बताइन् ।

राउन्ड रोबिन लिग प्रणालीमा खेलाइने प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । नेपालले पहिलो खेलमा आयोजक बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्ने छ । नेपाली टोली बुधबार बंगलादेश प्रसथान गर्ने छ ।