काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिता बिहीबारदेखि सुरु हुँदैछ । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा फागुन १७ गतेसम्म चल्ने प्रतियोगितामा ’ए’ डिभिजन क्लबका सात र एक आयोजक टोलीगरी आठ टिमले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, मच्छिन्द्र फुटबल क्लब, न्युरोड टिम एनआरटी क्लब, चर्च ब्वाइज युनाइटेड क्लब, सातदोबाटो युथ…