काठमाडौं । ११ औं कोरियन एम्बेसडर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप आगामी भदौको अन्तिम सातादेखि सुरु हुने भएको छ । नेपाल तेक्वान्दो संघले आइतबार त्रिपुरेश्वरमा पत्रकार सम्मेलन आयोजना गर्दै आगामी भदौ २७ देखि ३१ गतेसम्म अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप आयोजना हुने जनाएको हो । नेपालस्थित दक्षिण कोरियाको दुतावास र संघको आयोजनामा पहिलोपटक अन्तर्राष्ट्रिय प्रतिष्पर्धा हुन लागेको हो ।…